२३ भदौ २०८३, मंगलबार | September 8, 2026

गाईजात्रा पर्वको अवसरमा बुटवलमा आइतबार सार्वजनिक बिदा



बुटवल । बुटवल उपमहानगरपालिकाले गाईजात्रा पर्वको अवसरमा आइतबार स्थानीय सार्वजनिक बिदा दिने भएको छ । उपमहानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै सो दिन नगर क्षेत्रका सबै कार्यालय, विद्यालय तथा वडा कार्यालयहरू बन्द रहने जनाएको हो ।

नगर प्रमुख खेलराज पाण्डेयद्वारा हस्ताक्षरित सूचनामा गाईजात्रा (सापारू) पर्वको सांस्कृतिक महत्वलाई सम्मान गर्दै एक दिनको सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ । बिदा अवधिमा उपमहानगरपालिकाअन्तर्गतका सबै १९ वटा वडा कार्यालयहरू, नगर कार्यालय तथा मातहतका निकायहरू बन्द रहनेछन् ।

यससँगै नगर क्षेत्रका सामुदायिक, निजी तथा संस्थागत विद्यालयहरूमा पनि एक दिनका लागि बिदा हुने उपमहानगरपालिकाले जनाएको छ । गाईजात्रा पर्व विशेषगरी नेवारी समुदायले मृतक आत्माको शान्तिका लागि विभिन्न सांस्कृतिक झाँकी, नाचगान र हाँस्यव्यंग्यात्मक कार्यक्रमसहित मनाउने परम्परा रहेको छ ।

 

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ३ : ४६ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी