२ पुस २०८२, बुधबार | December 17, 2025

उद्योग समितिद्वारा स्थलगत अध्ययन प्रतिवेदन पारित



काठमाडौं । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विभिन्न समयमा अन्तर्गतका उपसमितिले गरेको स्थलगत अनुगमन र अन्तरक्र्रियासम्बन्धी प्रतिवेदन पारित गरेको छ ।

समितिको आजको बैठकले विभिन्न औद्योगिक प्रतिष्ठान, स्थानीय बजार, भन्सार कार्यालयलगायत क्षेत्रको स्थलगत अनुगमन तथा मधेस र बागमती प्रदेशसभाअन्तर्गतका विषयगत समितिसँग गरिएको अन्तरक्रियासम्बन्धी प्रतिवेदन पारित गरेको हो ।

समितिअन्तर्गत गठित विभिन्न समितिले बाँके, बर्दिया, सुर्खेतका उद्योग तथा भन्सार कार्यालय, झापा मोरङ, सुनसरी र उदयपुरका उद्योग तथा भन्सार कार्यालय, मकवानपुर र धनुषाका अन्तरक्र्रिया, स्पन्ज आइरन र विलेट्स उद्योगको अनुगमन तथा रुपन्देही, दाङ, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व र पश्चिम०का उद्योग र भन्सार कार्यालयको अनुगमन गरेको थियो ।

यस्तै, समितिले नेपाल औषधि लिमिटेड र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस कीर्तिपुरको छात्रावासको स्थलगत अध्ययन गरी सरोकारवालालाई निर्देशन दिएको थियो ।

समितिका सभापति अब्दुल खाँनले उपसमितिले दिएका प्रतिवेदनलाई एकीकृत गरी मूल प्रतिवेदन तयार गरिने र छिट्टै संसद्मा पेस गरिने बताए । समितिका सदस्यहरुले संसद्मा पेस गरेर कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुपर्ने बताए ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ४ : १८ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको