२ चैत्र २०८२, सोमबार | March 16, 2026

लुम्बिनी प्रदेशले स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापनका लागि कार्यविधि बनाउँदै छ : प्रमुख सचिव अधिकारी



बुटवल । लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले जनता स्वास्थ्य सेवामा अझै पनि ढुक्क हुने अवस्था नरहेको बताउँदै यसका लागि तीनै तहको सरकारले भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । लुम्बिनी प्रदेश सरकारले सबै ठाउँमा आधारभूत स्वास्थ्य सेवाको प्रत्याभुत गराउँदै विशिष्टकृत अस्पताल स्थापनाका लागि कार्यविधि निर्माणको प्रक्रियामा रहेको उनले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षण तथा विभागीय प्रमुखहरुसँग अन्तरक्रिया गर्दै प्रमुख सचिव अधिकारीले अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारले कार्यविधि बनाउन लागेको जानकारी दिए । ‘सबै ठाउँमा सबै प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउँन प्रदेश सरकारको वर्तमान स्रोत साधनले सम्भव छैन । विशिष्टकृत सेवाका लागि डेडिकेडेट अस्पताल वा स्वास्थ्य केन्द्र स्थापना गर्न आवश्यक छ ।’-प्रमुख सचिव अधिकारीले भने, बिरामीको चापका आधारमा अस्पतालको आवश्यकता हो वा होइन, सोही अनुसार दरबन्दी सिफ्टिङ गर्नुपर्ने देखिएको छ ।’

अस्पतालका विभागीय प्रमुखहरुले सेवालाई गुणस्तरीय र थप सहज बनाउनका लागि जनशक्ति थप गर्नुपर्ने तथा उपकरणको व्यवस्थापनका लागि सुझाब दिएका थिए । प्राप्त सुझाबहरुपछि जवाफ दिँदै प्रमुख सचिव अधिकारीले अस्पतालहरुमा जनशक्ति व्यवस्थापनका लागि लोकसेवा आयोगसँग पनि छलफल अघि बढाइएको जानकारी दिए । प्रदेश सरकारले आफू मातहतका १४ वटै अस्पतालहरुको अवस्था बारे अध्ययन गरिरहेको बताउँदै उनले जनशक्ति व्यवस्थापन र सेवा विस्तारका लागि कार्यविधि निर्माणको तयारीमा रहेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सरकारको वर्तमान स्रोत साधनले सबै कुरालाई एकैपटक समाधान गर्न असम्भव भएका कारण प्राथमिकीकरण गरेर कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिए । ‘प्रदेश सरकार वा संघ सरकारसँग पनि स्वास्थ्य क्षेत्रमा सुधारका लागि वर्तमान स्रोत साधन प्रयाप्त भएको जस्तो देखिएन त्यस कारण प्राथमिकताको स्तर निर्धाण गरी त्यसलाई कार्यान्वयन गर्दै अघि बढौं ।’–अध्यक्ष श्रेष्ठले भने । यसैगरी प्रादेशिक अस्पतालमा सेवाग्राहीको चापलाई कम गर्नका लागि जिल्लाका सबै अस्पतालहरुमा सन्तुलित बिकास गर्न आवश्यक रहेको उनले बताए ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा। इन्द्र ढकालले विशिष्टकृत सेवा बिस्तार गर्दै लगिए पनि जनशक्तिको समस्या भोग्नु परेको गुनासो गरे । अस्थायी दरबन्दीका आधारमा सेवा बिस्तार गर्दै जाँदा उक्त सेवाको स्थायीत्वमा चुनौति रहेको बताउँदै उनले प्रदेश सरकारले जनशक्ति व्यवस्थापनमा विशेष जोड दिन आग्रह गरे । कार्यक्रम अस्पतालका वरिष्ठ प्रशासकीय प्रमुख राजन केसीको सञ्चालनमा भएको थियो भने विभागीय प्रमुखहरुले स्वास्थ्य सेवाको अवस्था र चुनौतिहरुबारे सुझाव प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ५ : ०२ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित