१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

पाकिस्तानी सेनाले मारयो २ दिनमै ४७ बलुचिस्तानी बिद्रोही, लाखौंको हतियार बरामद



इस्लामबाद । अफगानिस्तानको सीमा नजिक रहेको बलुचिस्तान प्रान्तमा गत दुई दिनमा पाकिस्तानका सुरक्षा बलहरूले कम्तिमा ४७ आतङ्ककारी मारेका छन् । पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर)ले यो जानकारी दिएको हो ।

झोब जिल्लाको सम्भाजा क्षेत्रमा ७-८ अगस्टको मध्यरातमा सुरक्षा बलहरूले ३३ आतङ्ककारीहरूलाई मारे पछि आईएसपीआरले विज्ञप्तिमा भनेको छ कि ८-९ अगस्ट राति अफगानिस्तानको सीमावर्ती सम्बाजा वरपरका क्षेत्रमा अर्को कारबाहीमा १४ आतङ्ककारी मारिएको थिए । यस अवधिमा आतंकवादीहरूबाट हातहतियार, गोलाबारुद र विस्फोटक पदार्थ पनि बरामद गरिएको थियो, जो लाखौं मुल्यका हुन् । अधिकारीहरुका अनुसार बलुचिस्तान प्रान्तमा अज्ञात सुरक्षा कारणले अगस्ट ३१ सम्म मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको छ । बलुचिस्तान सरकारको अनुरोधमा मोबाइल र इन्टरनेट सेवा निलम्बन गरिएको बताइएको छ ।

बलुचिस्तानको गृह विभागले अगस्ट ६ मा जारी गरेको एक अधि सूचनामा भन्यो कि प्रान्तमा कानून र व्यवस्थाको स्थितिलाई ध्यानमा राख्दैँ इन्टरनेट सेवाहरू तुरुन्तै निलम्बन गर्न आदेश दिइएको छ । सरकारका प्रवक्ता शाहिद रिन्दले यसको पुष्टि गरेका छन् । भारतले भन्दा एक दिन अघि नै पाकिस्तानले १४ अगस्टमा आफ्नो स्वतन्त्रता दिवस मनाउँछ । यस्तो अवस्थामा आतंककारीहरूले कुनै ठूला अपराध गरेर स्वतन्त्रता उत्सवमा बाधा पुर्‍याउने प्रयास गर्न सक्ने आशंका छ । जसका कारण प्रशासन सतर्क रहेको जनाइएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ८ : ०३ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले