नेपालगन्ज । अधिकत बिक्रि मूल्य नराखी जुत्ता उत्पादन गर्ने बाँकेको एक जुत्ता उद्योगलाई दुई लाख जरिवाना असुल गरिएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका-२० मनिकापुरस्थित गुरदास फुटवयर इण्डष्ट्रिजलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको हो ।
अनुगमनका क्रममा सो इण्डष्ट्रिजले एमआरपी उल्लेख नगरी बजारमा विक्री वितरण गरेको देखिएपछि दुई लाख रुपैयाँ जरिवाना गरिएको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख हरि बहादुर खत्रीले जानकारी दिए ।
उत्पादित जुत्ता चप्पलमा एमआरपी उल्लेख नगरी बजारमा विक्री वितरण गरेको फेला परेको खत्रीले बताए । खत्रीका अनुसार गुरदास फुटवयरलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ड (क) बमोजिमको कसुर गरेको देखिएकोले सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम दुई लाख रुपैयाँ जरिवाना गरिएको हो ।


















प्रतिक्रिया