३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

दिवंगत सदस्यको सम्झनामा नेपालगन्जमा निकालियो सामूहिक गाईजात्रा



नेपालगन्ज । एकवर्ष भित्र दिवंगत भएका परिवारको सदस्यहरुको सम्झनामा नेपालगन्जमा गाईजात्रा प्रदर्शन गरिएको छ । नेवास् पुचस् बाँकेको आयोजनामा नेपालगन्ज र यस आसपासका नेवार समुदायमा यस वर्षमा दिवंगत भएका परिवारका सदस्यहरुको सम्झनामा गाइजात्रा निकालिएको हो ।

‘भाषा, संस्कृति तथा परम्पराको जगेर्ना गरौं’ भन्ने मूल नाराका साथ एकवर्षको समयमा दिवंगत भएका सदस्यका सात परिवारले आफ्ना दिवंगत आफन्तहरूको सम्झनामा एकैस्थानमा भेला भई गाईजात्रा निकालेका हुन् ।

सुर्खेत रोडस्थित स्वस्तिक कटेजबाट निकालिएको गाईजात्रा धम्बोझी चोक, सहिद सेतु विक चोक, न्युरोड हुँदै बागेश्वरी मन्दिर पार्कसम्म पुगेर सम्पन्न भएको थियो । उक्त अवसरमा नेवारी पोशाकमा सजिएका महिला तथा पुरुषहरूले नेवारी भाषाका गीतमा नृत्य प्रस्तुत गर्नुका साथै लाखे नाच पनि देखाएका थिए ।

नेवारी समुदायमा एक वर्षभित्र मृत्यु भएका आफन्तहरूको सम्झनामा गाई वा मानिसलाई गाईको स्वरूपमा सजाएर परिक्रमा गराउने परम्परा छ । गाईको स्वरुप धारण गरि परिक्रमा गराउँदा मृतकले गाईको पुच्छर समाई बैतरणी नदी पार गर्ने र मोक्ष प्राप्त गर्ने जनबिश्वास रहँदै आएको छ ।

नेपालगन्जमा यसवर्ष दिवंगत भएका कमलादेवी श्रेष्ठ, राधादेवी श्रेष्ठ, सुशीला चुके, दमयन्ती श्रेष्ठ, माधवलाल श्रेष्ठ, केदारप्रसाद श्रेष्ठ र दिपाकुमारी रेग्मी श्रेष्ठको सम्झनामा गाईजात्रा निकालिएको हो ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  १० : २० बजे

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा

अदालतको निर्णयले पार्टी टुक्रियो, अब एकता नै विकल्प : शशांक कोइराला

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस

लुम्बिनी प्रदेशको बजेट भोलि प्रस्तुत हुँदै, कृषि, रोजगारी र पूर्वाधारमा जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को