२२ चैत्र २०८२, आइतबार | April 6, 2026

बागलुङको बलेवामा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर



बागलुङ । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबार बागलुङको बलेवामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

बागलुङ नगरपालिका वडा नं. १४ बलेवा, नारायणस्थानमा सुरु गरिएको एक्सटेन्सन काउण्टरको बागलुङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सांसद डा. सूर्य पाठकले उद्घाटन गरेका छन् ।

यो एक्सटेन्सन काउण्टरको उद्घाटनसँगै बैंकका एक्सटेन्सन काउण्टरहरुको संख्या ४३ पुगेको छ ।

सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बलेवामा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु-याउने उद्देश्यले संचालित बैंकको ७१ वटा जिल्लामा सञ्जाल फैलिएको छ ।

ग्लोबल आइएमई बैंकका २५९ शाखासहित २३४ एटिएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर रहेका छन् ।

यस्तै, २१९ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ५ : ४३ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको