काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मल व्यवस्थापन र उत्पादन वृद्धि गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
सरकारी गोदामहरुमा पर्याप्त मल मौज्दाज हुँदापनि किसानले मल नपाएको गुनासो आएको भन्दै प्रधानमन्त्री ओलीले कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहित सम्बन्ध अधिकारीलाई सिंहदरबारमा बोलाएर छलफल गरेका थिए । छलफलपछि प्रधानमन्त्री ओलीले तीन दिनभित्र सम्पादन गर्ने गरी बारे तीन बुँदे निर्देशन दिएका हुन् ।
छलपल सम्बन्धमा सामाजिक सञ्जालमा लेख्दै ओलीले भनेका छन्, ‘रासायनिक मल आवश्यक मात्रामा मौज्दात रहँदा पनि मल अभाव भएको गुनासो आइरहेका बेला आज कृषि मल व्यवस्थापन र उत्पादनवृद्धिबारे कृषि र उद्योगमन्त्रीसहित सम्बद्ध अधिकारीलाई बोलाएर छलफल गरें । आजको छलफलमा तीनवटा मुख्य विषय कार्यान्वयन गर्न निर्देशन दिएको छु ।’
छलफलका क्रममा प्रधानमन्त्री ओलीले रासायनिक मल आपूर्तिको व्यवस्था चुस्त दुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना ल्याउनुपर्ने निर्देशन दिए । यसैगरी कम्पोष्ट र अर्गानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउन र माटोको उर्बरता बचाउने किसिमको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउनु प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् ।


















प्रतिक्रिया