१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

रासायनिक मल वितरणमा अनियमिता रोक्न मन्त्रीबाटै निगरानी



काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक मल वितरणमा हुन सक्ने अनियमितता रोक्न सञ्चालनमा ल्याएको हटलाइनमा पछिल्लो समय गुनासो आउने क्रम बढेको छ ।

त्यहाँ प्राप्त सूचनाका आधारमा स्थानीय प्रशासनले छापा मार्दा रासायनिक मल वितरणमा अनियमितता भएको तथ्य समेत फेला परेको छ । सोही गुनासोका आधारमा गुल्मीको कालीगण्डकी गाउँपालिकामा रासायनिक मल वितरणमा अनियमितता भएको आशंका गरिएको छ ।

जिल्लास्थित नवप्रगतिशील कृषि सहकारी संस्थाका सचिव प्रेमनारायण पाण्डेले सरकारको अनुदान रासायनिक मल सहकारीमार्फत नभई निजी पसलले बढी मूल्यमा बिक्री गरेको पाइएको छ ।

मन्त्री चौधरीका अनुसार सहकारीले कृषि सामग्री कम्पनी लिमिटेड, भैरहवाबाट असार १५ गते भएको सम्झौताअनुसार ५३५ बोरा युरिया र १७१ बोरा डिएपी मल ल्याइ सहकारी कार्यालयबाट बेचविखान गर्न पर्नेमा निजी पसलबाट भएको पाइएको छ ।

कालीगण्डकी गाउँपालिका–१ हर्मिचौरमा नीलकण्ठ पाण्डेको पसल, कालिगण्डकी गाउँपालिकामा वडा नं २ अर्बेनीमा कमलप्रसाद न्यौपाने र उमापति न्यौपानेका किराना पसल तथा कालिगण्डकी गाउँपालिकामा वडा नं ४ मा निरमाया बुढाले सञ्चालन गरेको स्टेशनरी पसल अगाडि मल बिक्री गरिएको पाइएको नेपाल प्रहरीले जनाएको छ ।

मल बिक्री वितरण गर्दा उपभोक्तालाई रसिद नदिएको तथा खरिदकर्ताको अभिलेखसमेत नराखेको पाइएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १८ असार २०८३, बिहिबार  २ : १४ बजे

बारामा डिजेल ट्यांकर, ईभी र मोटरसाइकल ठोक्किँदा ९ जना घाइते

रौतहट । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा डिजेल बोकेको ट्यांकर, ईभी

देउवा समूहको कांग्रेस महाधिवेशन खुलामञ्चमा, मतदान राष्ट्रियसभा गृहमा हुने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ

पाँच दशमलव ४५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

गृह मन्त्रालयद्वारा एनप्याब्सन निलम्बित, निर्देशन उल्लंघन गरेको आरोप

काठमाडौं । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल

जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आह्वान

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको नियुक्तिबारे