१६ माघ २०८२, शुक्रबार | January 30, 2026

४ दिनपछि खुलेको कालीगण्डकी करिडोर पहिरोले पुनः अवरुद्ध



बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनः अवरुद्ध भएको छ । भारी वर्षाका कारण बागलुङ नगरपालिका–१३ कालाखोलामा भिषण पहिरो झर्दा करिडोर अवरुद्ध भएको छ । पाँच दिन अगाडिदेखि अवरुद्ध सडक मङ्गलबार दिउँसो सञ्चालनमा आएको थियो ।

रातभर वर्षा भएपछि आज बिहान ९ः०० बजे सडक माथिदेखि पहरासहितको पहिरो खस्दा करिडोर ठप्प भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङसँग सीधा यातायात विच्छेद भएको छ ।

अवरुद्ध सडक खुलाउनका लागि प्रयास गरे पनि अहिले पनि वर्षा भइरहेको हुँदा खुलाउन नसकेको प्रहरी निरीक्षक थापाले बताए । सडक अवरुद्ध हुँदा बागलुङदेखि बुटवल, पाल्पा, भैरहवालगायतका स्थानमा पुग्ने सवारी साधनसमेत ठप्प हुँदा यात्रु अलपत्र परेको उनको भनाइ छ ।

“कालाखोला क्षेत्रमा ठूलो पहिरो खसिरहेको छ, पाँच दिन अगाडि खसेको पहिरो हिजो मात्रै खुलाएका थियौँ, आज फेरि ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको छ”, प्रहरी निरीक्षक थापाले भने, “यातायता ठप्प हुँदा यात्रुलाई समस्या भएको छ, ठूला–ठूला चट्टानसहितको पहिरो खसेका कारण सडक खुलाउन समस्या भइरहेको छ, कालीगण्डकी करिडोर आयोजनासँग सहकार्य गरेर खुलाउने छौँ ।”

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १ : १० बजे

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य