४ पुस २०८२, शुक्रबार | December 19, 2025

टिङ्कर गाउँ जोड्ने काठेपुल खोलाले बगायो



दार्चुला । टिङ्कर खोलाको बाढीले छाङ्गरुदेखि टिङ्करसम्मका तीन स्थानका पुल बगाएको छ । पुल बगेपछि टिङ्कर गाउँसँगको सडक सम्पर्क विच्छेद भएको छ ।

टिङ्कर खोलापुल, नाम्पापुल र चम्लिङ खोलाको पुल बाढीले बगाएको व्यास गाउँपालिका–१ का वीरेन्द्रसिंह तिङ्करीले जानकारी दिए ।

टिङ्करमा रहेका नेपाल टेलिकमको टावरले पनि काम नगरेको उनले बताए । बाढीबाट गाउँमा भने कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताए । उनले भने, “टिङ्कर सीमा प्रहरीचौकीसँग सञ्चारसेटमार्फत सम्पर्क भएको छ । क्षति भएको स्थानको वस्तुस्थिति बुझ्न टिङ्करबाट प्रहरी परिचालन भएका छन् ।”

छाङ्गरुदेखि टिङ्करसम्मको झण्डै ३०० देखि ४०० मिटर बाटो पनि बगेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  ११ : ०५ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा