जनकपुरधाम । सप्तरीको कञ्चनरुप नगरपालिका-५ पिपरामा करेन्ट लागेर श्रीमान-श्रीमतीको मृत्यु भएको छ । मृतकहरूमा ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदार रहेका छन् ।
ईलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख डीएसपी माधव प्रसाद काफ्लाका अनुसार शनिबार साँझ खेतको काम सकेर घर फर्कने क्रममा दुवै जना जंगली जनावरबाट धानबाली जोगाउन राखिएको बारमा करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















प्रतिक्रिया