९ पुस २०८२, बुधबार | December 24, 2025

सशस्त्र र चिनियाँ प्रहरीको संयुक्त टोलीद्वारा सीमास्तम्भ निरीक्षण



किमाथाङ्का । सशस्त्र प्रहरी बल नेपाल किमाथाङ्का स्थित सीमा सुरक्षा पोष्ट (बिओपी) र चिनियाँ प्रहरीको संयुक्त टोलीले सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाकाका रहेका नेपाल–सीमामा रहेका स्तम्भ निरीक्षण गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्म चैनपुरअन्तर्गतको किमाथाङ्का बिओपी र चिनियाँ प्रहरीको संयुक्त टोलीले उत्तरी क्षेत्र भोटखोला गाउँपालिका-१ किमाथाङ्का चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना पर्ने नेपाल-चीन सिमानाका पाँच स्तम्भको निरीक्षण गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर(४ अरुण गुल्म चैनपुरका प्रहरी नायब उपरीक्षक बाबुराम पौडेलका अनुसार उक्त टोलीले ६६, ६७, ६८-२, ६९-१ र ६९-२ नम्बरका स्तम्भ (जङ्गेपिल्लर) निरीक्षण गर्नुका साथै सीमाको अवस्थालगायतबारे जानकारी लिएको थियो ।

टोलीमा किमाथाङ्काका इन्चार्ज नविन खतिवडा नेतृत्वमा सात जना, नेपाल प्रहरीका चार जना र चीनका तर्फबाट आठ जनाको सहभागी थिए । टोलीले सीमा स्तम्भ निरीक्षणका साथै सरसफाइ समेत गरेको थियो ।

नेपाल-चीनको सीमाअन्तर्गत सङ्खुवासभामा २१ वटा स्तम्भ छन् । भोटखोला–१ स्थित दोङ्गोप्पा खोला र छोकाङ खोलामा गत जेठमा आएको बाढीले यहाँस्थित ७१/१ नम्बरको स्तम्भ बगाएको थियो । भोटखोला गाउँपालिका वडा नं १, २ र ३ को भूभाग चीनसँग जोडिएका छन् । यस क्षेत्रमा करिब पाँच हजारको बसोबास छ । किमाथाङ्का नाकामा २०७६ सालमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट स्थापना भएको हो ।

 

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  ५ : ०० बजे

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज, महाधिवेशन तयारी र सदस्यता विवादमा छलफल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ

जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२ औँ जन्मजयन्ती

पाटन । विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई

अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं । राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार