५ पुस २०८२, शनिबार | December 20, 2025

वरिष्ठ गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनको निधन



काठमाडौं । वरिष्ठ गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनको निधन भएको छ । आइतबार राति साढे ९ बजे उपचारका क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उनले अन्तिम श्वास लिए । लामो समयदेखि श्वासप्रश्वासलगायत रोगबाट पीडित नन्दनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

गीत, गजल र कविता लेखनमा सक्रिय नन्दनले चार गीति-संग्रह, एक लघु-काव्य र एक कविता-संग्रह प्रकाशित गरेका छन् । वि.सं. २०११ सालमै ‘झटारो’ गीतिसंग्रह प्रकाशित गरेका उनका गीत नेपाली चलचित्रमा पनि समावेश भएका छन् । राष्ट्रकवि माधव घिमिरेले नन्दनलाई नेपाली साहित्यका ‘गोल सिमल’ भन्दै सम्मान गरेका थिए ।

उनका प्रकाशित कृतिहरूमध्ये झटारो, अञ्जली, सपनीबाट ब्यूझेर, विपनीका पाइला, ऐना भित्रको आकाश गीति-संग्रह, सिद्धार्थको ग्रह त्याग (लघु-काव्य) र पत्रम् पुष्पम् (कविता-संग्रह, २०७७) प्रमुख छन् ।

१९९२ साल जेठमा तनहुँको बन्दीपुरमा जन्मिएका नन्दन पछिल्लो समय नारायणगढमा बस्दै आएका थिए । उनका गीतमा नातिकाजी, शम्भुजित बाँस्कोटा, गोपाल योञ्जनलगायतका संगीतकारले संगीत दिएका छन् भने आशा भोस्ले, सुरेश वाडकर, नगत अजिज, उदित नारायण, दिपा झा, प्रेमध्वज प्रधान, शिव शंकर, प्रसाद श्रेष्ठलगायतका गायक-गायिकाले स्वर दिएका छन् ।

नन्दनले छिन्नलता गीत पुरस्कार २०५४, चिसाप प्रतिभा पुरस्कार २०५२, चिसाप कृष्णकुमारी गुरुङ पुरस्कार २०६४, राष्ट्रिय स्रष्टा सम्मान २०७७, नारायणी प्रज्ञा पुरस्कार २०७८ लगायतका सम्मान पाएका थिए। उनका श्रीमती, तीन छोरा र तीन छोरी छन् ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  ९ : ३१ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य