१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

डिजिटल नेपाल फ्रेमवर्कको विस्तार र नेपाल टेलिकमको प्रगतिबारे प्रधानमन्त्रीलाई ब्रिफिङ



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल फ्रेमवर्क, २०७६ लाई समयसापेक्ष विस्तार र नेपाल टेलिकमको कार्य प्रगतिबारे आज संक्षिप्त जानकारी लिएका छन् ।

सञ्चार तथा सूचना प्रविधिको उपयोग गरेर सुशासन, विकास र समृद्धिको गतिलाई तीव्रता दिनुुपर्नेमा जोड दिँदै आउनुुभएका प्रधानमन्त्री ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याल, नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक सविना मास्के प्रधानसहितसँग ब्रिफिङ लिएका हुन् ।

नेपाल सरकारबाट हालै राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृत भएको सन्दर्भमा डिजिटल नेपाल फ्रेमवर्कलाई थप विस्तार र समयसापेक्ष परिमार्जनका लागि मन्त्रालयले गृहकार्य सुरु गरेकाबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको छ । प्रस्तावित डिजिटल नेपाल फ्रेमवर्क २।० ९फास्ट० ढाँचामा तयार गरिएको छ । उक्त प्रस्तावमा डिजिटल इकोसिस्टमको पूर्वाधार, पहुँच, क्षमता विकास र रुपान्तरणको अवधारणा समावेश गरिएको छ ।

प्रस्तावित नयाँ ढाँचामा यसअघि समाविष्ट कृषि, शिक्षा, स्वास्थ्य, शिक्षा, पर्यटन, वित्त, सुशासनका साथै अहिले सामाजिक सुरक्षा, विपद् र जलवायु परिवर्तनका क्षेत्र थप गरिएको छ । यसको कार्यान्वयनका क्रममा डिजिटल नेपालको प्राथमिकता निर्धारण, अनुुगमन र प्रतिवेदनका लागि सञ्चारमन्त्रीको अध्यक्षतामा डिजिटल रुपान्तरण परिषद् प्रस्ताव गरिएको छ । उक्त नयाँ फ्रेमवर्क मन्त्रिपरिषद्बाट स्वीकृतिपछि कार्यान्वयनमा आउनेछ ।

प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा सुशासन, विकास, समृद्धिका लागि डिजिटल नेपालको दूरदृष्टिसहित डिजिटल नेपाल फ्रेमवर्क, २०७६ स्वीकृत गरिएको थियो ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  २ : ३३ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा