म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट–१मा पहिरोका कारण आज दुई जना मजदुरको मृत्यु र पाँच जना घाइते भएका छन् ।
रघुगङ्गा गाउँपालिका–५ दग्नामको फेदीमा निर्माणाधीन आयोजनाको अडिटभन्दा माथिबाट खस्दा दुई जनाको मृत्यु भएको हो । घटनामा घाइते पाँच जना लाई उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।
“घटनास्थलमा प्रहरीको टोली पुग्दैछ, त्यहाँ काम गर्ने नेपाली कामदारले एक जना नेपाली, एक जना विदेशीको शव भेटिएको र पाँच जना घाइते भएको जानकारी दिएका छन्,” उनले भने ।



















प्रतिक्रिया