१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वोच्चको परमादेश



काठमाडौं । सर्वोच्च अदालतले १९ वर्षअघिको गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको छ।

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासबाट हत्याकाण्डको अनुसन्धान अघि बढाउन परमादेश जारी भएको हो । यससँगै २८ जनाको ज्यान जाने गरी भएको त्यो घटनाको अनुसन्धान र अभियोजन प्रक्रिया अघि बढ्ने भएको हो।

२०६३ चैत ७ गते रौतहटको गौरमा तत्कालिन नेकपा (माओवादी)का कार्यकर्तामाथि मधेसी जनअधिकार फोरमका कार्यकर्ताले अन्धाधुन्ध आक्रमण गर्दा २८ माओवादी कार्यकर्ताको हत्या भएको थियो ।

सर्वोच्चले परमादेश जारी गरेपछि पूर्वमाओवादी नेता एवं आम जनता पार्टीका अध्यक्ष सांसद प्रभु साहले न्यायको जीत भएको प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन् लामो समयदेखि न्यायको प्रतीक्षामा रहेका पीडितहरूमा आशा पलाएको छ। शीघ्र न्याय सुनिश्चित भई दोषीहरू कानुनको दायरामा आउने विश्वास लिएको छु।”

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  ५ : २५ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का