२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

बिमा प्राधिकरणका अध्यक्ष ओझा पदमुक्त



काठमाडौं । सरकारले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग गरेर नियुक्ति लिएको ठहर गर्दै पदमुक्त गरेको छ । सोमबार राती प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

ओझाको नियुक्ति सुरुदेखि नै विवादास्पद बनेको थियो । विवाद गहिरिएपछि गत असार ३० गते मन्त्रिपरिषदले छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा समिति गठन गरेको थियो । समितिले उनी अध्यक्ष बन्ने योग्यता नपुग्ने र फर्जी कागजात पेस गरेर पद हात पारेको ठहर गरेको थियो ।

समितिको प्रतिवेदन सार्वजनिक भएपछि ओझा त्यही दिनदेखि पदमा निलम्बित भएका थिए । अन्ततः सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई औपचारिक रूपमा पदमुक्त गर्ने निर्णय गरेको हो ।

ओझालाई गत फागुन १२ गते मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । कञ्चनपुर घर भएका ओझाको नियुक्ति करिब छ महिनामै विवाद र बर्खास्तीमा टुंगिएको छ ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  ६ : ३८ बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट