५ पुस २०८२, शनिबार | December 20, 2025

शुक्लाफाँटाका घरपालुवा कुकुरमा ‘पार्वो भाइरस’ सङ्क्रमण पुष्टि



कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा घरपालुवा कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखापरेको छ । नगरपालिकाको पशु विकास शाखा उपचार केन्द्रमा उपचारका लागि ल्याइएका कुकुरमा पहिलोपटक सो सङ्क्रमण देखापरेको हो ।

पशु विकास शाखाका पशु चिकित्सक भोजराज पाण्डेयका अनुसार बाह्य क्षेत्रबाट खरिद गरेर ल्याइएको कुकुरमा सो भाइरसको सङ्क्रमण देखिएको हो । उनले भने, “पार्वो भाइरसविरुद्धको खोप दिने कार्यसँगै कुकुर निकै कमजोर देखिएकाले स्लाइनपानी (ग्लुकोज) चढाएर उपचार सुरु गरेका छौँ ।”

उनका अनुसार छ महिनादेखि दुई वर्ष उमेर समूहका कुकुरलाई यस भाइरसको सङ्क्रमण तीव्र रूपमा फैलिने गर्दछ । बाह्य क्षेत्रबाट कुकुरका छाउराछाउरी ल्याउने लैजाने क्रममा पार्वो भाइरस सङ्क्रमण हुने उच्च सम्भावना रहने जनाइएको छ ।

“पार्वो भारइरस सङ्क्रमण भएको कुकुरको सम्पर्कमा रहेका अन्य कुकुरलाई पनि यो भाइरस सर्ने प्रवल सम्भावना रहन्छ, त्यही भएर सम्पर्कमा रहेका कुकुरलाई भाइरस सङ्क्रमण भए/नभएकोबारे अनुसन्धान गरिरहेका छौँ”, पशु चिकित्सक पाण्डेयले भने । गर्मीका बेला यस भाइरसको सङ्क्रमण कुकुरमा बढी देखिने गरेको छ ।

पार्वो भाइरसको सङ्क्रमण स्थानीय जातका कुकुरमा थोरैमात्र हुने भए पनि घरमै पालिने ‘एक्जोटिक ब्रीड’हरू (बाह्य देशबाट ल्याइने विशेष प्रजातिका कुकुर)मा बढी देखापर्ने गरेको छ । पार्वो सङ्क्रमण भएका कुकुरमा रगतसहितको पातलो दिसा हुने, वाकवाकी लाग्ने, कुकुर चिसो भएको ठाउँ, झाडीमा बस्न रुचाउने, दिसा गन्हाउने, खानापानीमा रुचि नराख्नेलगायत लक्षण देखापर्ने गर्दछन् ।

“यस्तो लक्षण देखिए जतिसक्दो चाँडो उपचारका लागि पशु चिकित्सालयमा लैजानु पर्दछ, तुरुन्त उपचार प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ, यो भाइरस सङ्क्रमण भएका कुकुर मर्ने दर उच्च रहने गर्दछ । यस भाइरसबारे सर्वसाधारणलाई जानकारी नभएकाले जनचेतनामार्फत जानकारी दिनुपर्ने हुन्छ”, चिकित्सक पाण्डेयले भने ।

शुक्लाफाँटा नगरपालिकाका पशु शाखा प्रमुख रामप्रसाद भट्टका अनुसार यो भाइरस रोकथाम गर्न सकिने खालको भएकाले पालकले समयमै खोप लगाइदिएमा कुकुरको ज्यान बचाउन सकिन्छ । कुकुरलाई सङ्क्रमण हुन नदिनका लागि जन्मिएको छ देखि आठ हप्ताको कुकुरका छाउराछाउरीलाई पार्वो भाइरसविरुद्धको नियमित खोप लगाउनुपर्ने हुन्छ । मौसममा आएको परिवर्तनका कारण रोगको सङ्क्रमण देखापरेको हो ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  ९ : १५ बजे

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

बुटवल । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले