७ आश्विन २०८३, बुधबार | September 23, 2026

हस्ताक्षर संकलन अभियानमा विपक्षी दलको समेत साथ



काठमाडौं । सत्तारूढ दलले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा विपक्षी सांसदहरूको समेत साथ रहने भएको छ । मंगलबार (भदौ ३) बिहानदेखि नेपाली कांग्रेस र नेकपा (एमाले)ले सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका छन् ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले अभियानप्रति समर्थन जनाउँदै सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा हस्ताक्षर गरिन् । त्यस्तै, सीके राउत नेतृत्वको जनमत पार्टीका सांसदहरूले पनि हस्ताक्षर गरेका छन् ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को समेत अभियानमा साथ रहेको कांग्रेस सांसद रामहरि खतिवडाले जानकारी दिए । उनका अनुसार, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि अभियानमा साथ दिने आश्वासन दिएका छन् ।

“नागरिक उन्मुक्ति, सीके राउत, अशोक राईजीहरूको पार्टीतर्फबाट हस्ताक्षर भइसकेको छ,” खतिवडाले बताए, “उपेन्द्र यादवले पनि आफूहरूको समर्थन रहने आश्वासन दिनुभएको छ ।”

यादव नेतृत्वको जसपा नेपाल विपक्षी दल भएकाले यो अभियानलाई उपसभामुख इन्दिरा रानामगरमाथि महाभियोग लगाउने तयारीका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  २ : १९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज