गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका-४ राक्सेमा ठूलो पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएको जानकारी प्राप्त भएलगत्तै पुर्तिघाटस्थित प्रहरी चौकीबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।
उनका अनुसार पहिरो पन्छाउन डोजरसहित आवश्यक उपकरण प्रयोग भइरहेको छ । सडक अवरुद्ध भएपछि पर्वत, बागलुङ, रिडी हुँदै पाल्पा र बुटवलतर्फ जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।


















प्रतिक्रिया