३१ असार २०८३, बुधबार | July 16, 2026

उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ : अध्यक्ष प्रचण्ड



लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ले उत्पीडित सबै वर्ग जातिको अधिकारका लागि आफ्नो पार्टीले लडिरहने बताएका छन् । आज लमजुङ बेँसीसहर नगरपालिका–७ मा तामाङ सांस्कृतिक भवन तथा सङ्ग्राहालयको उद्घाटन कार्यक्रममा उनले समाजको तल्लो तहका जनताको पक्षमा निरन्तर लागिरहने बताए ।

अध्यक्ष प्रचण्डले भने, “सबै उत्पीडित वर्ग, जाति, समुदायले जुन स्तरको पहिचान र अधिकार पाउनुपर्ने हो, संविधानमा हामीले त्यो ठाउँमा पुर्याउन सकेनौँ । हामी कहीँ न कहीँ केही न केही विषयमा सम्झौता गरेर जानुपर्ने थियो । र हामीले त्यतिबेलै भनेका थियौँ सहमतिमै संविधानसभा घोषणा गरिए पनि सो वर्ग र जातिका हक, अधिकार पूर्ण रूपमा प्राप्त नहुञ्जेलसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।”

अध्यक्ष प्रचण्डले तराई र मध्यपहाडी लोकमार्गमा अभियान सञ्चालन गरेर कास्कीमा आइपुगेर रोकेको उल्लेख गर्दै यही महिनाको तेस्रो हप्तादेखि पुनः अभियान सुरु गरिने बताए ।

तामाङ सांस्कृतिक भवन तथा सङ्ग्रहालयका रूपमा नवनिर्मित भवन उद्घाटनसँगै लमजुङमा तामाङ समुदायको हकहित स्थापित गर्न र जनजातिका पक्षमा देशभर बलियो सन्देश प्रवाह गर्न सफल भएको उनले बताए ।

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, केन्द्रीय सदस्य मधुमाया अधिकारी, प्रतिनिधिसभा सदस्य उर्मिला माझीलगायतले तामाङ समुदायको हकहितका निम्ति सबैले आवाज उठाउनुपर्ने बताएका थिए । सङ्घीय सरकारको रु ६९ लाखको बजेटमा सो तामाङ सांस्कृतिक तथा सङ्ग्राहालय भवन निर्माण भएको नेपाल तामाङ घेदुङका अध्यक्ष होमराज तामाङले बताए ।

प्रकाशित मिति : ६ भदौ २०८२, शुक्रबार  १० : २९ बजे

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक