७ आश्विन २०८३, बुधबार | September 23, 2026

बुबाको मुख हेर्ने दिन : दाताको पर्खाइमा आश्रमका ‘बा’हरू



चितवन । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर कुसे औँसीका दिन बाबुको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । यस दिन बाबुलाई मीठो खाना खुवाउने, राम्रो लुगाफाटा दिने र आदर गर्ने परम्परा रहेको छ । बाबु गुमाएकाहरू भने धार्मिक तीर्थस्थलमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने चलन छ ।

तर पवित्र तीर्थस्थल देवघाट धामका वृद्धाश्रममा बस्ने ‘बा’हरू भने दाता पर्खेर बसिरहेका छन् । परिवारबाट विमुख वा असहाय भएर आश्रममा पुगेका वृद्धवृद्धा हरेक वर्ष आमा खुवाउने दिन (माता तीर्थ औँसी) र बाबुको मुख हेर्ने दिनमा कसैले सम्झेला कि भन्ने आशामा बस्ने गरेका छन् ।

देवघाट गाउँपालिका-५ स्थित देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा बस्ने वृद्धहरूको अवस्था अझ दयनीय छ । नुवाकोटका ७५ वर्षीय कृष्णप्रसाद भट्ट दुई छोराले समेत सम्पर्क नगर्दा “आफन्त भन्ने रहेनछन्” भन्ने पीडामा छन् । श्रीमतीको निधनपछि छोराहरूलाई खुट्टामा उभ्याइदिएका उनी अहिले ८ वर्षदेखि आश्रममै छन् । “अहिले जो आएर बा भन्छ, मिठो खान दिन्छ, त्यही नै छोराछोरी हुन्,” उनले आँखा रसाउँदै सुनाए ।

भरतपुर–६ का ८६ वर्षीय शमशेरबहादुर विश्वकर्माको पनि कथा पीडादायी छ । दुई पटक विवाह गरे पनि सन्तान नबचेपछि श्रीमती पनि छाडेर गइन् । “आफ्ना त छैनन्, जो आउँछन् तिनै छोराछोरी हुन्,” उनी भन्छन्, “बाबुको मुख हेर्ने दिन जो दिन्छ, त्यही सन्तान हो ।”

यस्तै, बागलुङका ७७ वर्षीय मणिरत्न पौडेल अविवाहित छन् । उनका भाइ-बहिनी भए पनि आफूलाई विवाह गर्ने इच्छा नभएको तर बुढेसकालमा परिवारको कमी महसुस हुने गरेको उनले सुनाए । “जसले बा भन्छ, सबै आफ्नै सन्तान हुन्,” पौडेलले भावुक हुँदै भने ।

देवघाट क्षेत्र विकास समितिअन्तर्गतका विभिन्न आश्रममा अहिले ८० जना वृद्धवृद्धा बस्छन् । तीमध्ये देवघाट समाज कल्याण केन्द्रमा मात्रै ३५ जना (१७ जना पुरुष, १८ जना महिला) आश्रित छन् ।

समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार दाताको भरमा उनीहरूको दैनिकी चल्छ । “पहिले समाज कल्याण परिषद्बाट केही बजेट आउँथ्यो, अहिले त्यस्तो छैन । भवन मर्मतदेखि दैनिक खर्चसम्म दाताको सहयोगमा निर्भर छौँ,” उनले भने ।

समितिका अध्यक्ष डा. ईश्वरीराज लौडारीले असहाय वृद्धवृद्धाको बसोबास, उपचार र खानपानीको व्यवस्था गर्न दाताको ठूलो सहयोग रहेको बताए । “समस्याका बीच पनि वृद्धवृद्धालाई परिवारझैँ सेवा दिएका छौँ, निरन्तरता दिनुपर्छ,” उनले बताए ।

यसैबीच, प्रेस चौतारी नेपाल चितवन शाखाले शुक्रबार साँझ आश्रममा दरखाने कार्यक्रम गरी वृद्धवृद्धालाई भोजन गराएको छ । अध्यक्ष सुवास पण्डितका अनुसार शाखाले हरेक वर्ष यो कार्यक्रम निरन्तर गर्दै आएको छ ।

प्रकाशित मिति : ७ भदौ २०८२, शनिबार  ९ : ०३ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज