काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि भदौ ११ गते बुधबार निर्वाचन हुनेभएको छ । संसद सचिवालयले आज निर्वाचन तालिका प्रकाशित गर्दै बुधबार मतदानको तालिका सार्वजनिक गरेको हो ।
तालिकाअनुसार मंगलबार (भोलि) मनोनयन हुनेछ । मंगलबार दिउँसो १ बजेदेखि ४ बजेसम्म सभापतिको लागि उम्मेदवारी दर्ता हुनेछ भने सवा ४ बजे उम्मेदवारहरूको नामावली प्रकाशन गरिनेछ । बुधबार दिउँसो ३ बजे बस्ने समितिको बैठकमा सभापतिको निर्वाचन हुनेछ ।
२७ सदस्यीय समितिमा सत्तापक्षको १८ जना सदस्यहरु रहेका छन् । जसमध्ये नेपाली कांग्रेसका ९ जना, नेकपा एमालेका ६ जना, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालका एक, जनमतका एक र जनता समाजवादी पार्टीका एक सदस्य रहेका छन् ।
समितिको सभापति कांग्रेसबाटै बन्ने पक्का छ ।



















प्रतिक्रिया