६ पुस २०८२, आइतबार | December 21, 2025

अटोरिक्सा दुर्घटनामा एक जनाको मृत्यु



धरान । धरान उपमहानगरपालिका-१४ विजयपुर चोकमा आज अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अर्का एक व्यक्ति घाइते भएका छन् ।

विजयपुर चोकबाट बुढासुब्बा मन्दिरतर्फ जाँदै गरेको को १ ह ६०१९ नम्बरको अटोरिक्सा र विपरीत दिशाबाट आइरहेको को ३७ प ७९८६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक धरान उपमहानगरपालिका-१४ का ३२ वर्षीय सन्दीप मगर गम्भीर घाइते भएका थिए । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

दुर्घटनामा अटोरिक्सा चालक धरान-१४ का ३१ वर्षीय अविनाश तामाङ घाइते भएका छन् । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको छ ।

प्रकाशित मिति : १० भदौ २०८२, मंगलबार  ३ : ५१ बजे

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)