काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबीच शिष्टाचार भेटघाट भएको छ ।
भेटका क्रममा नेपाल-चीनबीचका भन्सार नाकाहरुको प्रभावकारी व्यवस्थापन, बाढीले क्षति पुर्याएको रसुवा नाकास्थित पुल र सडकको पुनर्निर्माण, विगतमा भएका सहमतिअनुसार सडक पूर्वाधारहरुको स्तरोन्नति, दुई देशबीचको व्यापार विस्तार र विगतका सहमतिहरुको कार्यान्वयनबारे विस्तृत छलफल भएको अर्थमन्त्रालयले जनाएको छ ।
दुवै पक्षले आपसी सहकार्य र सहमतिहरुको प्रभावकारी कार्यान्वयनमार्फत नेपाल-चीन व्यापारिक सम्बन्धलाई अझ सुदृढ बनाउन प्रतिबद्धता व्यक्त गरेका छन् ।


















प्रतिक्रिया