१५ माघ २०८२, बिहिबार | January 30, 2026

इन्द्रजात्राका मूर्त/अमूर्तसम्पदाबारे अभिलेखीकरण



काठमाडौँ । काठमाडौँको सबैभन्दा जीवन्त पर्व मानिने इन्द्रजात्राको मूर्त तथा जीवन्त/अमूर्त सम्पदाको अभिलेखीकरण गरिएको छ ।

काठमाडौँ महानगरपालिका–२३ को लगानीमा विज्ञहरूद्वारा अध्ययगन गरी ती मूर्त तथा अमूर्त सम्पदाको अभिलेखीकरण गरिएको हो । आज हनुमानढोका दरबार सङ्ग्रहालयमा एक समारोहका बीच उक्त इन्द्रजात्राको मूर्त तथा जीवन्त/अमूर्त सम्पदाको अभिलेखीकरण गरिएको दस्तावेज विमोचन गरिएको छ ।

विमोचन समारोहमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले यस्ता सम्पदा भावी पुस्ताका लागि संरक्षण गर्न जरुरी रहेको र यो प्रयासको सराहना गरिन् । उनले महानगरले यहाँभित्रका सम्पदा संरक्षणका काम गर्दै आएको जानकारी दिँदै इन्द्रजात्राको अभिलेखीकरण दस्तावेज एउटा नमूना भएको बताइन् ।

उक्त कार्यक्रममा काठमाडौँ महानगरपालिका–२३ का अध्यक्ष मचाराजा महर्जनले इन्द्रजात्रा अन्तरराष्ट्रियकरण भइरहेको उल्लेख गर्दै यो अभिलेखमा हराइरहेका परम्परालाई पनि समावेश गरेर संरक्षण प्रयास गरिएको सुनाए । अध्यक्ष महर्जनले भने, “इन्द्रजात्रामा विगतमा चलेका तर अहिले बन्द भएका परम्परा, गतिविधि पनि यो अध्ययन, अनुसन्धानमा आएको छ, सम्पदामार्गमा चल्ने परम्परा हराइरहेको अवस्थामा अभिलेखमार्फत भावी पुस्तालाई देखाउन सकिने भएको छ ।”

अब इन्द्रजात्राको रथमात्र रहने र लाखे नाचमात्र रहने स्थिति हो कि भन्ने चिन्ता भएकाले अभिलेखीकरणको प्रयास गरिएको उनले बताए । गएको वर्षदेखि नै यस्ता सम्पदा संरक्षणका लागि महानगरको नीति तथा कार्यक्रममै समावेश गरेर बजेट विनियोजन गरिएको उनले जानकारी दिए । यो क्रम जारी रहने अध्यक्ष महर्जनको भनाइ थियो ।

प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार  ९ : ३३ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला