१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

एन आई सी एशिया बैंकद्वारा रू. ३ करोडसम्मको ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक



काठमाडौ । एन आई सी एशिया बैंकले ग्राहकहरूको आवश्यकतालाई पूरा गर्नका लागि रू. ३ करोडसम्म घर कर्जा प्रदान गर्ने उद्देश्य अनुरुप ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ ।

‘सपना तपाईंको, साथ हाम्रो’ भन्ने नाराका साथ बैंकले सार्वजनिक गरेको यस घर कर्जा आकर्षक ब्याजदर एवं अन्य आकर्षक सेवा सहित उपलब्ध हुनेछ ।

न्यूनतम रू. ५० लाखदेखि अधिकतम रू. ३ करोडसम्म प्रदान गरिने यस एन आई सी एशिया साथी घर कर्जा अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा पूनःनिर्माण गर्न र घडेरी खरिद गर्नका लागि कर्जा उपलब्ध हुनेछ ।

सहज कर्जा प्रक्रियाबाट प्रदान गरिने यो कर्जाको अवधि अधिकतम २५ वर्ष रहेको छ । घर खरिद तथा निर्माण गर्ने ग्राहकहरुको सपना साकार पार्न ठोस टेवा पु¥याउने उद्देश्यले बैंकले ल्याएको यस कर्जा योजनाअन्तर्गत पहिलो पटक घर खरिद वा निर्माण गर्ने व्यक्तिको हकमा कर्जा र सोको धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत र अन्यको हकमा अधिकतम ७० प्रतिशत कायम गरिएको छ ।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  ८ : ३२ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले