१० पुस २०८२, बिहिबार | December 25, 2025

सकियो सामाजिक सञ्जाल सूचीकरणका लागि सरकारले दिएको समयसीमा, अब के हुन्छ ?



काठमाडौं । नेपाल सरकारले फेसबुक, युट्युब, इन्स्टाग्राम, ट्वीटर (एक्स) लगायतका सामाजिक सञ्जाललाई सूचीकरण गर्न दिएको सात दिनको समय बुधबार मध्यरातिसम्ममा सकिएको छ । तोकिएको समयसीमा भित्र सूचीकरणका लागि निवेदन नआएपछि सरकारले ती सञ्जाललाई क्रमशः बन्द गर्ने तयारी गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले बुधबार कार्यालय समयसम्म कुनै पनि सामाजिक सञ्जाल दर्तामा नआएको बताए । ठाकुरका अनुसार समयसीमा सकिएसँगै अब मन्त्रीस्तरीय निर्णयबाट सूचीकरणमा नआएका सामाजिक सञ्जाललाई निष्क्रिय पार्ने प्रक्रिया सुरु हुनेछ । उनले भने, “सूचीकरण गर्नका लागि दिएको अवधि बुधबार मध्यरातिबाट सकिएको छ । अब निवेदन नदिएकाहरुलाई आज दिउँसोदेखि बन्द गर्ने कार्य सुरु हुन्छ । को-कसलाई कसरी बन्द गर्ने भन्नेबारे निर्णय मन्त्रीस्तरीय तहबाट हुनेछ ।”

नेपाल सरकारले सामाजिक सञ्जाललाई नियमन गर्ने उद्देश्यले नेपालमा सूचीकरण हुन आह्वान गरेको थियो । यस क्रममा टिकटक, भाइबर, निम्बुज, विटक र ओपोलाइट सूचीकरण भइसकेका छन् भने टेलिग्राम र ग्लोबल लिंक दर्ता प्रक्रियामा रहेका छन् । तर, फेसबुक, युट्युब, ट्वीटर (एक्स) र लिंक्डइनजस्ता सञ्जाल भने अझै सूचीकरणमा आएका छैनन् ।

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  ९ : ०७ बजे

बालेनलाई भेटन् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि पुगे कुपण्डोल

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

नयाँ राजनीतिक शक्तिमा नेतृत्वको होड, सहकार्यभन्दा प्रतिस्पर्धा बलियो : रेशम चौधरी

काठमाडौं । पुराना दलहरूको विकल्पका रूपमा उदाएका नयाँ राजनीतिक शक्ति

रवि-बालेन भेटवार्ता रहस्यमै, ‘मेरो अनुहारले के भन्छ ?’ भन्दै सञ्चारकर्मीको प्रश्न टारे लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं । शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा

एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

काठमाडौ । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव भएका