७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेपालमा फेसबुक, ट्विटर, युट्युबलगायत २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय



काठमाडौं । सरकारले फेसबुक, ट्विटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार यस्तो निर्णय गरेको हो ।

सरकारले आज (बिहीबार) देखि नै सामाजिक सञ्जाल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिसकेको छ । मन्त्रालयमा बसेको बैठकले सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को निर्णयअनुसार नेपालमा दर्ता नगरेका सामाजिक सञ्जाल तत्काल बन्द गर्ने निष्कर्ष निकालेको स्रोतले जनाएको छ ।

सामाजिक सञ्जालहरूले नेपालमा दर्ताको प्रक्रिया पूरा गरेपछि भने क्रमशः खोल्ने व्यवस्था हुने सरकारको भनाइ छ ।

यसअघि सर्वोच्च अदालतले अनुमति नलिएका सामाजिक सञ्जाल र ओभर द टप (ओटीटी) एप्समार्फत प्रसारित हुने विज्ञापनसहितका सामग्रीमाथि बन्देज लगाउन सरकारलाई परमादेश जारी गरेको थियो । साथै, आवश्यक कानुन निर्माण गर्न निर्देशनसमेत दिएको थियो ।

न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले बुधबार सरकारका नाममा आदेश जारी गरेको थियो । सर्वोच्चको आदेशअनुसार नेपालभित्र प्रसारण गर्न चाहने कुनै पनि विदेशी प्रसारण संस्था वा डिजिटल प्लेटफर्मले सरकारले तोकेको अनुमति लिनुपर्ने प्रावधान लागू हुनेछ ।

रिट निवेदनमा नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, विज्ञापन बोर्ड, नेपाल दूरसञ्चार प्राधिकरणलगायत निकायलाई विपक्षी बनाइएको थियो ।

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  २ : ५८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज