१० असार २०८३, बुधबार | June 24, 2026

सूचीकरण नभएसम्म फेसबुक-युट्युबसहित २६ सामाजिक सञ्जाल निष्क्रिय हुने (सूचीसहित)



काठमाडौं । सरकारले नेपालमा दर्ता (सूचीकरण) नभएसम्म फेसबुक, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाललाई निष्क्रिय राख्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउँदै सूचीकरणमा नआएकालाई बन्द गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार सूचीकरण भएकालाई खुला राख्ने र प्रक्रियामा नआएकालाई तत्काल निष्क्रिय गर्ने निर्णय गरिएको छ । “पाँच वटा सूचीकरण भइसकेका छन्, बाँकीलाई निष्क्रिय गरिनेछ । तर, दर्ता हुन आएकै दिन ती सामाजिक सञ्जाल पुनःसक्रिय गरिनेछ,” उनले बताए ।

हालसम्म भाइबर, टिकटक, विटक, निम्बस र पोपोलाइभ सूचीकरण भइसकेका छन् । टेलिग्राम र ग्लोबल डायरी भने सूचीकरण प्रक्रियामा छन् । तर, फेसबुक, युट्युब, ट्विटर (एक्स), इन्स्टाग्रामलगायत लोकप्रिय सामाजिक सञ्जाल भने अझै दर्ता प्रक्रियामा आएका छैनन् ।

सञ्चार मन्त्रालयले निष्क्रिय पार्ने सामाजिक सञ्जालको विवरण : 
–फेसबुक

–म्यासेन्जर

–इन्स्टाग्राम

–युट्युब

–ह्वाट्सएप

–ट्वीटर (एक्स)

–लिंक्ड इन

–स्न्याप च्याट

–रेडिट

–डिस्कर्ड

–पिन्ट्रेस्ट

–सिग्नल

–थ्रेड

–वी च्याट

–कोरा

–सम्ब्लर

–क्लब हाउस

–मास्टर डन

–रम्बल

–मि वी

–मि भिके

–लाइन

–इमो

–जालो

–सोल

–हाम्रो पात्रो

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  ४ : ४० बजे

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३

नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब, ७६ करोड ६४ लाख

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको १९ औं नगरसभा नेपालगन्जमा सुरु भएको

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच

बेनी । दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै