१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नेपाल अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगोः परराष्ट्रमन्त्री



काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल र अमेरिकाबीच विश्वासमा आधारित एवं दिगो र ऐतिहासिक सम्बन्ध रही आएको बताएकी छिन् ।

संयुक्तराज्य अमेरिकाले नेपाली सेनालाई उपलब्ध गराएको दुइओटा स्काइ ट्रक (हेलिकोप्टर) हस्तान्तरण गर्न आज यहाँ आयोजित सामारोहमा मन्त्री डा राणाले उक्त सहयोग नेपाल र अमेरिका बीचको दिगो मित्रता र सहकार्यको प्रतिक भएको बताएकी हुन् ।

अमेरिका प्रजातान्त्रिक शासन प्रणालीको सुदृढीकरण, मानवतावादी सहयोग, विपद् व्यवस्थापन, शान्ति स्थापना तथा क्षमता विकासमा नेपालको एक विकास साझेदार र भरपर्दो मित्र रहेको पनि स्पष्ट गरिन। उनले अमेरिकासँगको नेपालको मित्रता र सहकार्य सधैँ शान्ति, स्थायित्व र मानव सेवाको उद्देश्यमा समर्पित रहेको बताउँदै नेपाललाई गर्दै आएको निरन्तर सहयोगका लागि अमेरिकी सरकार र अमेरिकी जनतालाई धन्यवाद ज्ञापन गरिन् ।

मन्त्री डा राणाले निरन्तर समर्पण र अनुशासनका साथै राष्ट्रियता, विश्व शान्ति र सुरक्षाप्रति अटूट प्रतिबद्धता प्रदर्शन गर्दै आएकामा नेपाली सेनाको प्रशंसा गरिन् । त्यस समारोहमा परराष्ट्र मन्त्री डा राणा, रक्षामन्त्री मानवीर राइ र प्रधान सेनापति अशोकराज सिग्देललाई अमेरिकी राजदूत डिन आर थम्पसनले ती स्काइ ट्रक हस्तान्तरण गरेका थिए । ती स्काइ ट्रक विपद् र उद्धारका क्रममा सेवा दिन र एयर एम्बुलेन्सको रूपमा पनि प्रयोग गर्न सकिनेछ ।

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  ५ : ०६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा