९ भदौ २०८३, मंगलबार | August 25, 2026

फेसबुक सञ्चालक कम्पनी मेटाले माग्यो दर्ता गर्न आवश्यक काजजातको सूची



काठमाडौं । सामाजिक सञ्जाल फेसबुक सञ्चालक कम्पनी मेटाले नेपालमा दर्ता तथा सूचीकरण प्रक्रिया अघि बढाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्पर्क गरेको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाको सिंगापुरस्थित कार्यालयमा कार्यरत एक कर्मचारीले बुधबार मन्त्रालयका मन्त्री पृथ्वीशुब्बा गुरुङको विज्ञ सल्लाहकार शालिग्राम पराजुलीसँग सम्पर्क गरेका थिए ।

“मेटाका एक कर्मचारीले मन्त्रीज्यूको विज्ञ सल्लाहकारसँग सम्पर्क गरेर दर्ता तथा सूचीकरणका लागि आवश्यक कागजातबारे जानकारी मागेका रहेछन् । त्यसपछि मन्त्रीज्यूको सचिवालयमार्फत हामीलाई जानकारी आएपछि मन्त्रालयले तुरुन्तै आवश्यक विवरण इमेलमार्फत पठाइसकेको छ,” प्रवक्ता ठाकुरले बताए ।

उनका अनुसार मन्त्रालयले दिउँसो ५ बजे नै मेटालाई आवश्यक कागजातबारे विस्तृत विवरण पठाइसकेको छ ।

नेपाल सरकारले गत भदौ १२ गते सार्वजनिक सूचना जारी गर्दै फेसबुक, युट्युब, इन्स्टाग्राम, ट्वीटर (एक्स) लगायतका सामाजिक सञ्जाललाई सात दिनभित्र दर्ता वा सूचीकरण हुन आह्वान गरेको थियो । तर तोकिएको समयसीमा सकिए पनि ती लोकप्रिय प्लेटफर्महरूले औपचारिक सम्पर्क नगरेपछि सरकारले क्रमशः निष्क्रिय गराउने निर्णय गरेको थियो ।

मेटाको यो सम्पर्कलाई नेपाल सरकारले सकारात्मक रूपमा लिएको र आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ ।

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  ६ : ४२ बजे

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी

गण्डकी प्रदेश सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने निर्णय

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय

दाङ तुलसीपुरमा ८२ जनाको आँखा जाँच गर्दा ६३ जनामा मोतियाबिन्दु

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अर्जुन आचार्य लामो समयदेखि

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३