१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

दर्ता नभएका सामाजिक सञ्जाल नेपालमा निष्क्रिय, प्रयोगकर्तामा असन्तुष्टि



काठमाडौं । नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू निष्क्रिय गरिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार नेपाल टेलिकम र एनसेलले बिहीबारदेखि आफ्ना नेटवर्कमार्फत यी सञ्जालहरू बन्द गरेका हुन् ।

नेपाल टेलिकमले सार्वजनिक सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय निर्देशनअनुसार सूचीकरण नगरेका सामाजिक सञ्जालहरू निष्क्रिय गरिएको जनाएको छ । यस्तै, एनसेलले पनि विज्ञप्ति जारी गर्दै सरकारको निर्देशनअनुसार फेसबुक, युट्युब, इन्स्टाग्राम, म्यासेन्जर, ह्वाट्सएपलगायतका लोकप्रिय प्लेटफर्मसहित २६ वटा सञ्जाल आफ्नो सेवामा बन्द गरिएको जनाएको छ ।

यसअघि मन्त्रिपरिषद्को गत भदौ ९ गतेको बैठकले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम सात दिनभित्र अनिवार्य दर्ता वा सूचीकरण गर्न निर्देशन दिएको थियो । त्यसपछि मन्त्रालयले १२ भदौमा सामाजिक सञ्जाल कम्पनीहरूलाई सम्पर्क गर्न आह्वान गरेको थियो । तर तोकिएको समयमा सम्पर्क नगरेका प्लेटफर्महरूलाई निष्क्रिय गर्न प्राधिकरणमार्फत दूरसञ्चार कम्पनीलाई निर्देशन दिइएको हो ।

मन्त्रालयका अनुसार सूचीकरण आवश्यक पर्ने मुख्य कारण अनिच्छित सामग्रीको मूल्याङ्कन र प्रभावकारी अनुगमन सुनिश्चित गर्नु हो । सूचीकरणमा आएका वा प्रक्रियामा रहेका सञ्जालहरू भने नेपालमै सञ्चालन गर्न पाउनेछन् । हालसम्म भाइबर, टिकटक, विटक, निम्बस र पोपोलाइभ सूचीकरण भइसकेका छन् भने टेलिग्राम र ग्लोबल डायरी प्रक्रियामा छन् ।

तर नेपालमा दैनिक लाखौँ प्रयोगकर्ता सक्रिय रहने फेसबुक, युट्युब, इन्स्टाग्राम, ह्वाट्सएप र म्यासेन्जर जस्ता सञ्जाल बन्द भएपछि प्रयोगकर्ताहरूले असन्तुष्टि जनाएका छन् । कतिपयले सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएको टिप्पणी गरेका छन् भने कतिपयले अन्तर्राष्ट्रिय कम्पनीहरूसँग संवादमार्फत समस्याको समाधान खोज्नुपर्ने सुझाव दिएका छन् ।

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  ६ : २८ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज