२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

एमालेको विधान महाधिवेशन सुरु हुनुअघि सनराइज सभाहलमा चहलपहल तीब्र



ललितपुर। नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनको लागि गोदावरीस्थित सनराइज सभाहलमा अहिले उद्घाटन पूर्वको चहलपहल तीब्र बनेको छ।

गोदावरीको मुख्य सडकदेखि सभा हल प्रवेशद्वार हुँदै भित्र छिर्ने क्रममा प्रतिनिधि, पर्यवेक्षक र सर्वसाधारणलाई स्वयंसेवकले व्यवस्थित गर्दै छन्। उनीहरूको सवारी साधन पार्किङको व्यवस्था सडकछेउमै मिलाइएको छ।

स्वयंसेवक र प्राविधिकहरुको कार्ड स्क्यान कार्य सुरु भइसकेको छ भने प्रतिनिधि र पर्यवेक्षकलाई गेटभित्र प्रवेश दिने प्रक्रिया अझै खुला गरिएको छैन। सञ्चारकर्मीका लागि हलको पर्खालसँगै मिडिया सेन्टरको व्यवस्था गरिएको छ।

हलभित्र स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय समिति, आयोगका प्रमुख तथा प्रतिनिधिहरूका लागि प्रदेशअनुसार सिट व्यवस्थापन गरिएको छ। सरसफाइ, डिजिटल प्रणाली, प्राविधिक परीक्षण र सुरक्षा व्यवस्था धमाधम भइरहेको छ। यस कार्यको नेतृत्व उपमहासचिव विष्णु रिमाल र मञ्च व्यवस्थापन संयोजक विनोद श्रेष्ठले गरिरहेका छन्।

मञ्चमा १८ पदाधिकारीका लागि कुर्सी राखिएको छ। दुवैतिर पार्टी र राष्ट्रिय झण्डाले सजाइएको छ भने बाँयातिर पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीका तस्बिर टाँसिएका छन्। दायाँतिर कार्ल माक्र्स, एङ्गेल्स र लेनिनका तस्बिर राखिएका छन्। मञ्चको शीर्षभागमा ‘नेपाल कम्युनिस्ट पार्टी ९एमाले० दोस्रो विधान महाधिवेशन’ लेखिएको छ, जसको माथि सगरमाथाको प्रतीक र सूर्यभित्र हँसिया–हथौडा सहितको पार्टी लोगो सजिएको छ।

प्रत्यक्ष प्रशारणका लागि बाहिर मिडिया सेन्टरमा डिजिटल बोर्ड राखिएको छ भने हलको दायाँ–बायाँ ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’को नारा अंकित ठूलो डिजिटल बोर्ड टाँसिएको छ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ मूल नारासहित हुने यस महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजक गरी कुल २३४१ जनाको सहभागिता रहनेछ। स्वयंसेवक र सुरक्षा निकायसहित करिब ३५०० जनाका लागि खानाको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  ११ : २७ बजे

नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखियो : माधव नेपाल

नेपालगन्ज । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजी पुस्ताको

खजुरामा भोलिबाट रनिङ शिल्ड : आठौं खजुरा मेयरकप रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा

खजुरा । बाँकेको खजुरामा आयोजना हुने आठौं अन्तर बिद्यालय मेयर

विराटनगर किङ्सलाई हराउँदै लुम्बिनी लायन्स फाइनलमा, सुदूरपश्चिम रोयल्ससँग उपाधि भिडन्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत बिहीबार सम्पन्न

जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सरकार र जेनजी प्रतिनिधिबीच

एनपीएल फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले १३५ रनको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा फाइनल