१४ भदौ २०८३, आइतबार | August 31, 2026

एमालेको दोस्रो विधान महाधिवेशन उद्घाटन



काठमाडौं। नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन शुक्रबार औपचारिक रुपमा सुरु भएको छ।

ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा आयोजित महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्।

पार्टी अध्यक्ष ओलीले उद्घाटन सत्रलाई सम्बोधन गर्दै संगठन सुदृढीकरण र राष्ट्रिय स्वाभिमानको रक्षा एमालेको प्रमुख एजेन्डा हुने उल्लेख गरेका छन्। उनले आगामी वर्षहरूमा समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई मूर्त रूप दिन एमालेको निर्णायक भूमिका रहने दाबी गरे।

तीन दिनसम्म चल्ने यस महाधिवेशनमा मुलुकभरका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको छ। कुल २३४१ जना सहभागीमध्ये २०२६ जना निर्वाचित प्रतिनिधि र ३१५ जना आयोजक सदस्य रहेका छन्। प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक, अतिथि तथा शुभेच्छुक मिलाएर कार्यक्रममा करिब ३५०० जनाको सहभागिता हुने अनुमान गरिएको छ।

उद्घाटन समारोहमा पार्टीका वरिष्ठ नेताहरू, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय सदस्यहरू उपस्थित छन्। मञ्चमा १८ पदाधिकारीका लागि विशेष आसन राखिएको छ भने पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिरसहित मार्क्स, एङ्गेल्स र लेनिनका तस्वीरहरूले पृष्ठभूमि सजिएको छ। राष्ट्रिय झण्डा र पार्टीको झण्डाले सभाहललाई आकर्षक बनाइएको छ ।

महाधिवेशनले पार्टीको विधानलाई अद्यावधिक गर्ने, संगठनात्मक संरचना परिमार्जन गर्ने, नीति तथा कार्यदिशा स्पष्ट पार्ने लगायतका एजेन्डामाथि गम्भीर छलफल गर्नेछ। एमालेले यस महाधिवेशनलाई भावी राजनीतिक दिशानिर्देशन दिने अवसरका रूपमा लिएको छ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारासहित सुरु भएको महाधिवेशनमा विषयगत छलफलसहित आवश्यक निर्णय पारित गरिनेछ। पार्टी नेतृत्वले यस महाधिवेशनमार्फत जनताको बहुदलीय जनवादलाई थप मजबुत बनाउन र नयाँ पुस्तालाई आकर्षित गर्ने कार्ययोजना अघि सार्ने तयारी गरेको बताइएको छ।

महाधिवेशनअन्तर्गत प्रतिनिधिहरूलाई प्रदेशअनुसार विभाजन गरी छलफल कक्ष तोकिएको छ भने सुरक्षात्मक र प्राविधिक तयारीलाई कडाइ गरिएको छ। उद्घाटन सत्रलाई देशभर प्रत्यक्ष प्रशारणसमेत गरिएको छ।

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  १२ : ४० बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति