काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणको प्रश्न विधान महाधिवेशनको विषय नभएको स्पष्ट पारेका छन्।
ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा शुक्रबारदेखि सुरु भएको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले सो विषय अन्य कमिटीगत छलफलमा जाने बताए।
“विधान महाधिवेशनमा विधि र विधानसँग सम्बन्धित विषयमात्रै उठ्छन्। सदस्यता नवीकरणजस्ता प्रश्न सचिवालय, स्थायी समिति वा पोलिटब्युरोमा छलफल हुने विषय हुन्,” ओलीले भने, “विधान महाधिवेशनलाई विधानकै महाधिवेशनका रूपमा अघि बढाउनेछौँ। विषय केन्द्रित भएर प्रस्तुत हुनेछौँ।”


















प्रतिक्रिया