३१ असार २०८३, बुधबार | July 15, 2026

यो सरकार बिचौलियाको धम्कीबाट बनेको हो, हिजो डरले बनेको, आज डरले बचेको छ : अध्यक्ष प्रचण्ड



पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको कांग्रेस–एमाले गठबन्धन सरकार बिचौलिया र दलाल पुँजीवादी शक्तिको दबाब तथा धम्कीबाट बनेको आरोप लगाएका छन्।

नेपाल उद्योग व्यापार महासंघले पोखरा लेकसाइडमा आयोजना गरेको “समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका” विषयक प्रशिक्षण तथा महासंघ सचिवालयको दशौं र केन्द्रीय समितिको आठौं बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो आरोप लगाएका हुन् । उनले भने, “यो सरकार उनीहरूको बुद्धिले बनेको होइन, दलाल र बिचौलियाको धाक र धम्कीले बनेको हो। हिजो डरले बनेको सरकार आज पनि डरकै आधारमा टिकेको छ। कांग्रेस–एमालेभित्रका इमानदार साथीहरूले यस्तो सरकारमा बस्नुहुँदैन।”

दलाल पुँजीवाद र ‘क्रोनी क्यापिटलिजम’को प्रतिनिधित्व अहिले कांग्रेस र एमालेले गरिरहेको प्रचण्डको आरोप थियो। उनले आफूहरूको पार्टी त्यस प्रवृत्तिको वैकल्पिक शक्ति भएको दाबी गर्दै आत्मनिर्भर र स्वाधीन अर्थतन्त्र निर्माणमा माओवादीको कार्ययोजना स्पष्ट रहेको बताए।

उनका अनुसार, माओवादी नेतृत्वका पालिकाहरूमा सञ्चालन भएको प्रशिक्षण अभियान र नीतिगत स्पष्टताका कारण ती पालिकाहरू कार्यक्षमता मूल्यांकनमा अगाडि छन्। “हामी मध्यम वर्गकै प्रतिनिधि हौं। ऋण मिनाह, सहकारी सुधार र तल्लो वर्गको उत्थान हाम्रो प्राथमिकता हो,” प्रचण्डले भने।

सहकारी क्षेत्रका समस्यामा कांग्रेस–एमाले नेताहरूको संलग्नता रहेको दाबी गर्दै उनले थपे, “ठगलाई कारबाही गर्ने शक्तिशाली प्राधिकरण गठनको पहल गर्दा सरकारले नै ढालियो। त्यसैले हाम्रो अभियान रोकिन बाध्य भयो।”

संविधान निर्माणमा माओवादीको निर्णायक योगदान स्मरण गर्दै उनले अझै न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामा संरचनात्मक परिवर्तन नआएको स्वीकार गरे। “उही नियम र उही परम्परा चलिरहेको छ। त्यसलाई तोड्न अझै लडाइँ बाँकी छ,” उनले भने।

माओवादी घटक र इमानदार कम्युनिष्टबीच एकता तथा सहकार्य बढ्दै गएको उल्लेख गर्दै प्रचण्डले नपत्याउने गरी जनसमर्थन बढिरहेको दाबी गरे।

कार्यक्रममा अर्गानिक कृषक रामप्रसाद सुवेदीले आफ्नै फर्ममा उत्पादन गरिएको मालभोग केराको घारी अध्यक्ष प्रचण्डलाई उपहार दिएका थिए। महासंघका अध्यक्ष खिमलाल भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, स्थायी समिति सदस्य शशी श्रेष्ठ, महासंघ इन्चार्ज गंगा कार्कीलगायत गण्डकी प्रदेशका नेताहरूको उपस्थिति थियो।

प्रकाशित मिति : २१ भदौ २०८२, शनिबार  ४ : २५ बजे

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार