१४ भदौ २०८३, आइतबार | August 31, 2026

हार्ने डरले अर्को दलको चुनाव चिन्हमा भोट हाल्ने प्रवृतिबाट बाहिरिनुपर्छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब कांग्रेसले चुनाव हार्ने डर वा सत्तामा रहने लोभका कारण गठबन्धन गरेर अर्को दलको चुनाव चिह्नमा भोट हाल्ने प्रवृत्तिबाट बाहिरिनुपर्ने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् । उनले भने, ‘कांग्रेस डर र लोभबाट मुक्त हुनुपर्छ। सरकारमा हुनु वा नहुनु भन्दा ठूलो कुरा होइन। हार्ने डरले गठबन्धन गर्नुपर्ने वा अर्काको चुनाव चिह्नमा भोट हाल्नुपर्ने सहमतिबाट पार्टीले अब बाहिर आउनैपर्छ।’

महामन्त्री थापाले कुनै पनि पार्टीलाई होइन, तर त्यसमा आबद्ध व्यक्तिहरूको गल्तीलाई जिम्मेवार मान्नुपर्ने प्रष्ट पारे। उनका अनुसार, ूपार्टी स्थापनाकालदेखि नै राष्ट्रिय पार्टी हो, त्यसैले पार्टीले गल्ती गर्दैन, गल्ती गर्ने व्यक्तिले मात्रै त्यसको परिणाम भोग्नुपर्छ।ू

थापाले कांग्रेसभित्र शुद्धीकरण अपरिहार्य रहेको उल्लेख गर्दै बिपी कोइरालाको विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए। उनले पार्टी र नेताहरूले बिपीका सिद्धान्तअनुसार अघि बढ्नुपर्नेमा जोड दिए।

 

प्रकाशित मिति : २१ भदौ २०८२, शनिबार  ५ : २९ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति