२६ बैशाख २०८३, शनिबार | May 9, 2026

सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि हुने ‘जेनजी’ प्रदर्शनलाई बालेनको समर्थन



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले भोलि सोमबार (भदौ २३ गते) जेनजी पुस्ताले आयोजना गर्न लागेको विरोध प्रदर्शनलाई खुलेर समर्थन गरेका छन्।

नेपालमा सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि असन्तुष्टि जनाउँदै र बढ्दो भ्रष्टाचार विरुद्ध जेनजी पुस्ताले काठमाडौंको माइतीघर मण्डलामा बिहान विरोध प्रदर्शन गर्ने तयारी गरेका हुन्।

मेयर बालेनले आइतबार (भदौ २२)सामाजिक सञ्जालमार्फत आफूलाई नयाँ पुस्ताको सोच, उद्देश्य र आवाज बुझ्न इच्छा रहेको प्रस्ट पारेका छन्। उनले यो र्‍याली कुनै राजनीतिक दल वा नेताको आयोजनामा नभई जेनजी पुस्ताको स्वतःस्फूर्त आन्दोलन भएको भन्दै त्यसलाई सम्मान गर्नुपर्ने बताएका छन्।

उनले चेतावनी दिँदै भनेका छन्, “भोलि हुने यो स्वतःस्फूर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद वा अभियन्ताहरूले आफ्नो स्वार्थ पूरा गर्न बाठो बन्न खोज्नु हुँदैन।” मेयर बालेनले आफू उमेर हदबन्दीका कारण प्रत्यक्ष उपस्थित हुन नसक्ने तर आन्दोलनलाई भरपुर समर्थन गर्ने उल्लेख गरेका छन्।

नेपाल सरकारले सूचीकृत हुन गरेको आह्वान नटेरेको भन्दै भदौ १९ गतेदेखि फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि युवापुस्ताबीच तीव्र असन्तोष बढेको छ। यसको विरोधमा विभिन्न शहरमा विद्यार्थी र युवाहरूले आवाज उठाइरहेका छन्।

जेनजीले आयोजना गरेको भोलिको प्रदर्शनलाई नागरिक समाजका केही सदस्यले पनि समर्थन जनाएका छन्। उनीहरूको भनाइमा सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम मात्र नभई, शिक्षा, व्यवसाय, सूचना प्रवाह र अभिव्यक्ति स्वतन्त्रताको प्रमुख प्लेटफर्म बनेको छ। त्यसैले यसलाई झ्याप्प बन्द गर्ने सरकारको निर्णयले आम नागरिकको मौलिक अधिकारमा हस्तक्षेप गरेको छ।

बालेनले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय जनविरोधी भएको संकेत गर्दै, नयाँ पुस्ताको आवाज सुन्नु अहिलेको मुख्य आवश्यकता रहेको टिप्पणी गरेका छन्।

उनले जेनजी पुस्तासँग प्रश्न पनि गरेका छन्, ‘प्रिय जेनजी भन्नुस् तपाइँहरुले कस्तो देश देख्न चाहनुहुन्छ ?’ उनको प्रश्न छ ।

प्रकाशित मिति : २२ भदौ २०८२, आइतबार  ४ : ०७ बजे

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन