काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘हाम्रो पात्रो’ र ‘ग्लोबल डायरी’ एप सूचीकरणमा भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यी दुई सामाजिक सञ्जाल प्लेटफर्म सूचीकरण भएको जानकारी दिएका हुन् । उनले साथै सामाजिक सञ्जाल ‘एक्स’ र ‘वी च्याट’ ले सूचीकरणका लागि माग गरेको विवरण मन्त्रालयले उपलब्ध गराइसकेको पनि बताएका छन् ।
विज्ञप्तिमा प्रवक्ता ठाकुरले सरकारले पहुँच निषेध गरेका सामाजिक सञ्जाल प्रयोग गर्न भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) जस्ता असुरक्षित तथा जोखिमपूर्ण साधनको प्रयोग नगर्न सबैलाई आग्रह गरेका छन् ।




















प्रतिक्रिया