२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

सामाजिक सञ्जाल बन्दविरुद्ध आज माइतीघरमा जेनजी पुस्ताले प्रदर्शन गर्दै



काठमाडौं । जेनजी पुस्ताका युवाले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध सोमबार राजधानीमा प्रदर्शन गर्न लागेका छन् ।

आयोजकले बिहान ९ बजेदेखि माइतीघरमा भेला हुने र ११ बजेतिर मार्चपास गर्दै नयाँबानेश्वरसम्म पुग्ने कार्यक्रम तय गरेका छन् । यसका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आवश्यक अनुमति लिइसकिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले शान्तिपूर्ण प्रदर्शनमा कुनै रोकावट नहुने बताए । उनले भने, “निषेधित क्षेत्र बाहेकका स्थानमा शान्तिपूर्ण रूपमा कार्यक्रम गर्न पाउने व्यवस्था गरिएको छ ।”

सन् १९९७ देखि २०१२ बीच जन्मिएका युवालाई जेनजी पुस्ता भनिन्छ । केही दिनयता उनीहरूले सामाजिक सञ्जालमार्फत प्रदर्शनका लागि आह्वान गर्दै आएका थिए ।

युवाहरूको आन्दोलनलाई विभिन्न जनप्रतिनिधि र नेताले समर्थन जनाएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफू आन्दोलनको पक्षमा रहेको बताएका छन् भने कांग्रेस नेता शेखर कोइरालाले पनि यो आन्दोलनलाई जायज भनेका छन् ।

यस्तै, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले समेत जेनजी पुस्ताले गर्ने प्रदर्शनमा सहभागी हुने घोषणा गरेका छन् ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ७ : ५१ बजे

‘हेलो सरकार’ एकीकृत सेवा व्यवस्थापन प्रणालीमा रुपान्तरण हुँदै

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासा सुनुवाइ प्रभावकारी

उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना

काठमाडौं । काठमाडौं उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र

बृद्धभत्ता बुझेर घर फर्कने क्रममा खोलाले बगाउँदा एक वृद्धको मृत्यु

दाङ । स्थानीय बाच्छे खोलाले बगाउँदा बुधबार एक वृद्धको मृत्यु

क्यान्सर अस्पतालको प्रयोगशाला र एक्सरे सेवा २४ सै घण्टा संचालनमा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल