बुटवल । जेन जी पुस्ताका युवाहरुले प्रदर्शनका क्रममा रुपन्देहीमा पूर्व गृहमन्त्री बालकृष्ण खाणको घर ताडफोड गरेका छन् । बिहानैदेखि प्रदर्शनमा निस्केका जेन जी समुहले खाणको घरमा ढुँगामुढा गरेर तोडफोड गरेका हुन् ।
प्रदर्शनकारीको ढुँगामुढाबाट खाणको घरको मुल गेटमा क्षति पुगेको र घरका केही सिसाहरु फुटेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।
अहिलेपनि जिल्लाका बिभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् । बुटवलको राजमार्ग चौराहामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रहरीले प्रदर्शनलाई नियन्त्रण गर्न केही थान अश्रुग्याँस प्रहार गरेको छ । बुटवलको मिलनचाकेमा पनि झडप भएको रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले बताए ।
बिहान ९ बजेबाट बुटवल राजमार्ग चौराहाबाट जेन जी पुस्ताको प्रदर्शन सुरु भएको थियो ।
जिल्ला प्रशासन कार्यालयले आज अपराह्न ४ बजेदेखि राति १० बजेसम्म बुटवल र भैरहवाका विभिन्न क्षेत्रमा कर्फ्यु लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले जारी गरेको आदेश अनुसार तोकिएका क्षेत्रमा कुनै पनि प्रकारका भीड, जुलुस, प्रदर्शन, सभा, बैठक वा घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।





















प्रतिक्रिया