विराटनगर । सुनसरीको इटहरीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको छ । मृतकको अहिलेसम्म पहिचान खुलेको छैन । प्रहरीका अनुसार उनीहरू २५ र ३० वर्षका युवा थिए ।
घाइते भएकाहरूलाई धरान लगिएको थियो, जहाँ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकले उनीहरूलाई मृत घोषित गरेका छन् ।
इटहरीमा गोली लागेर घाइते भएकामध्ये १ जनाको उपचार अझै चलिरहेको छ । यस क्रममा सशस्त्र प्रहरीका एक सहायक हवल्दार पनि घाइते भएका छन्। उनको गालामा चोट लागेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।



















प्रतिक्रिया