१० पुस २०८२, बिहिबार | December 25, 2025

जेनजी प्रदर्शन : अहिलेसम्म १९ जनाको मृत्यु, सयौं घाइते



काठमाडौं । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ ।

घटनामा ट्रमा सेन्टरमा ८, एभरेस्ट अस्पतालमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षण अस्पतालमा १, केएमसीमा २ र इटहरीमा २ जनाको मृत्यु भएको छ। प्रहरी गोली लागेर घाइते भएकामध्ये हाल ३४७ जनाको उपचार विभिन्न अस्पतालमा भइरहेको छ ।

घाइतेहरूको विवरण यस प्रकार छ । सिभिल अस्पतालमा १००, ट्रमा सेन्टरमा ५९, एभरेस्ट अस्पतालमा १०२, केएमसीमा ३७, वीर अस्पतालमा ६, पाटन अस्पतालमा ४, त्रिवि शिक्षणमा १८, नर्भिकमा ३, बीपी प्रतिष्ठानमा २, गण्डकी मेडिकल कलेजमा १, विराट मेडिकल कलेजमा ४ र दमक अस्पतालमा ७ जना घाइते उपचाररत छन् ।

एभरेस्ट अस्पतालका अधिकारी अनिल अधिकारीका अनुसार त्यहाँ ४ जना गम्भीर अवस्थामा छन् । ट्रमा सेन्टरका डा. दीपेन्द्र पाण्डेका अनुसार १० जना गम्भीर घाइते भएकामा उनीहरूको टाउको र छातीमा गोली लागेको छ ।

प्रदर्शनकारीमाथि प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको थियो । जेनजी युवा आन्दोलनका क्रममा देशका मुख्य सहरहरूमा विरोध प्रदर्शन जारी रहेको छ ।

प्रहरी र अस्पतालका अधिकारीहरूले घटनाको थप विवरण र अनुसन्धान जारी रहेको बताएका छन् ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ६ : ४३ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु

बजार पहुँच नहुँदा किसानको दूध घरमै

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पु¥याउन