२६ बैशाख २०८३, शनिबार | May 9, 2026

जेन जी प्रदर्शन : सुलभको मृत्युको खबरले नेपालगन्जको धम्बोझी शोकाकुल



नेपालगन्ज । जेन-जीहरूको प्रदर्शनका क्रममा सोमबार दिउँसो ट्रमा सेन्टरमा नेपालगन्जका २३ वर्षिय सुलभराज श्रेष्ठको मृत्यु भएको खबरले नेपालगन्ज शोकाकुल बनेको छ । नेपालगन्जकै आफ्नो बाबुको स्कुलबाट माद्यामिक शिक्षा लिएर उच्च शिक्षाका लागि काठमाडौं पुगेका सुलभको मृत्युको खबरले नेपालगन्जको धम्बोझी शोकाकुल बनेको हो ।

सुलभ राज श्रेष्ठ नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी हुन् । स्थानीय भेरी स्कुलका सञ्चालक नरेन्द्र श्रेष्ठका एक्ला छोरा सुलभ काठमाडौंको कान्तिपुर इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ पढ्दै थिए ।

साँझबाटै सुलभको मृत्यु भएको सामाजिक सञ्जालमा खबर आएपनि सुलभको आमालाई भने अझै सुलभको मृत्यु भएको भन्ने सूचना दिइएको छैन । खबर सुनेर छरछिमेकीको भीड घरवरपर जम्मा भएपछि भने उनको मनमा चिसो पसेको छ । उनलाई ट्रमा सेन्टरमा छोराको उपचार भइरहेको मात्र भनिएको छिमेकी शिक्षक भोजराज शर्माले बताए । सुलभका बाबु नरेन्द्र भने आज साँझको बिमानबाट काठमाडौं गएका छन् ।

सुलभले माध्यामिक तहसम्म नेपालगन्जकै भेरी स्कुलमा अध्ययन गरेको र उच्च माध्यामिक शिक्षा लिन काठमाडौं गएको छिमेकी शर्माले बताए । मनोबिज्ञ एबम शिक्षक समेत रहेका शर्माले आफुले सुलभलाई पढाइमा जेहेन्दार र मिहेनती रहेको पाएको जानकारी दिए ।

लायन्स क्लल ३२५ एनका सेक्रेटरी रहेका नरेन्द्रलाई परेको पुत्र शोकमा क्लवका गभर्नर ज्ञानेन्द्र श्रेष्ठले धैर्यधारण गर्न सक्ने शक्ति मिलो श भन्दै समबेदना ब्यक्त गरे ।

सान्त्वना दिन भेला भएका छिमेकीहरुले अस्पतालको सूचना पाटीमा सुलभको नाम प्रकाशित भएपनि भीडमा सुलभ जिवीत हुन सक्ने भन्दै परिवारजनलाई सान्त्वना दिइरहेका छन् । यो समाचार तयार पार्दासम्म सुलभका बुवा नरेन्द्र र नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ काठमाडौं स्थित ट्रमा सेन्टर पुगेका छन् ।

सोमबार भएको जेनजीहरूको प्रदर्शनमा परेर मृत्यु हुनेको संख्या १९ जनाको पुष्टि भएको छ भने घाइते भएका ३ सय ४७ जनाको देशभरका अस्पतालहरूमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ९ : २२ बजे

दुई तिहाइ सरकार वा महाभियोगको डरबाट मुक्त भएर अघि बढ्न न्यायकर्मीहरूलाई कामु प्रधानन्यायाधीसको आह्वान

काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दुई तिहाइ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी

वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो

घोराही । जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा दाउरा

रसुवा भन्सारमा सामान जाँचपास सुरु

रसुवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको

अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ

भैरहवा । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप