काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा आगो लगाएका छन् । घटना काठमाडौं महानगरपालिका-१६, बालाजु हाइट बोहोराटारमा भएको हो ।
स्थानीय स्रोतका अनुसार, प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार र गोलीसमेत चलाएको छ । राष्ट्रपति पद ग्रहण गरेपछि पौडेल हाल सरकारले उपलब्ध गराएको शीतलनिवासमा बस्ने गरेका छन् ।
प्रदर्शनकारियोंको ठूलो जुलुस बालाजुहाइट, रानीवन र राधाकृष्ण मन्दिर क्षेत्रबाट चक्रपथतर्फ अघि बढेको थियो । रानीवनको पानीट्याङ्कीबाट सुरु भएको जुलुसमा बालबालिका र वृद्धवृद्धा समेत सहभागी भएका थिए ।
प्रहरीले घटनास्थलमा उपस्थित भएर स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ भने स्थानीयबासीहरू र प्रदर्शनकारीबीच तनाव कायम रहेको छ ।



















प्रतिक्रिया