१० पुस २०८२, बिहिबार | December 25, 2025

नेपाल यातायात व्यवसायी महासङ्घद्वारा देशव्यापी सार्वजनिक यातायात सेवा अनिश्चितकालीन बन्द घोषणा



काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशव्यापी रूपमा अनिश्चित कालका लागि सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने निर्णय गरेको छ ।

महासङ्घले भदौ २३ गते जेनजी समूहले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले गरेको दमनका कारण १९ जना विद्यार्थीको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भनेको छ कि शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा सञ्चालन नगर्ने छ ।

महासङ्घले मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै घाइतेहरूको उपचारको उचित व्यवस्थाका लागि नेपाल सरकारसँग सहयोगको माग गरेको छ । महासङ्घले आफ्ना सम्पूर्ण सदस्य सङ्घ, समिति, कम्पनी तथा प्रालिहरूलाई घाइतेहरूको उपचारमा सक्दो सहयोग गर्न अनुरोध गरेको छ ।

महासङ्घले जनाएको छ कि दुःखद घटनाका कारण काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन प्रभावित भएको र विभिन्न स्थानमा कर्फ्यु आदेश जारी भएकोले सार्वजनिक यातायात तथा मालवाहक सवारी साधन सञ्चालनमा असहज अवस्था सिर्जना भएको छ ।

यसर्थ, नेपाल सरकारबाट उचित शान्ति-सुरक्षाको प्रत्याभूति नभएसम्म यात्रुवाहक र मालवाहक सार्वजनिक यातायातका सवारी साधनहरू सञ्चालन नगर्न महासङ्घले आफ्ना सम्पूर्ण सदस्यहरूलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १२ : १८ बजे

बजार पहुँच नहुँदा किसानको दूध घरमै

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पु¥याउन

वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

काठमाडौं । बाग्मतीको मुहानस्थल वाग्द्वारको शुद्ध जल पशुपतिनाथमा ल्याएर स्नान

त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज, १६ हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज हुँदै

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

निर्वाचन आयोगले जारी गर्यो निर्वाचन आचारसंहिता-२०८२ को मस्यौदा

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता-२०८२ को मस्यौदा सल्लाह सुझावका