काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले तत्काल सरकारबाट बाहिरिन पार्टी सभापति शेरबहादु देउवासँग माग गरेका छन
।
मंगलबार महामन्त्रीद्वयले जारी गरेको विज्ञप्तिमा नेकपा (एमाले)सँग भएको ७ बुँदे सहमतिको औचित्य अब समाप्त भएको घोषणा गरेका छन्।
उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउन सुझाव दिएका छन्।
यदि सभापति देउवाले यस आग्रहलाई ध्यान नदिए अन्य वैधानिक प्रक्रिया अपनाएर कदम चाल्न उनीहरूले चेतावनी दिएका छन्।



















प्रतिक्रिया