४ पुस २०८२, शुक्रबार | December 20, 2025

विद्युत प्राधिकरणका कर्मचारीले गरे कुलमान घिसिङको भावपूर्ण विदाई



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको रुपमा कुशलतापूर्वक कार्यकाल पुरा गरेका कुलमान घिसिङलाई प्राधिकरणले औपचारिक विदाई गरेको छ ।

मंगलबार प्राधिकरणको केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी कर्मचारीहरुले घिसिङलाई विदाई गरेका हुन् ।

विदाई कार्यक्रममा नेपाल विद्युत प्राधिकरणको आधिकारिक कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेलले घिसिङको कार्यकालमा प्राधिकरणले छलाङ मारेको बताए । पौडेलले आगामी १५ दिनभित्र घिसिङलाई स्वागत गर्न पाइयोस भनि आशा व्यक्त गरे ।

कार्यक्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले घिसिङले २६ वर्षसम्म प्राधिकरणको हितका लागि गौरब गर्न लायक काम गरेको जिकिर गरे ।

चार वर्ष अघि प्राधिकरणको नेतृत्व सम्हाल्न पुगेका घिसिङले कुशल व्यवस्थापनका साथ देशलाई लोडेसडिङ मुक्त गराउन सफल भएका छन् ।

कुलमान घिसिङ कार्यकारी निर्देशक हुनुअघि प्राधिकरणको काम लोडसेडिङको तालिका बनाउने मात्रै सीमित भएको थियो ।

यसैकारण आम सर्वसाधारणले कुलमान घिसिङलाई प्राधिकरणमा पुनः नियुक्ति दिनुपर्ने माग गरिरहेका छन् ।

घिसिङले देशलाई लोडसेडिङ मुक्त मात्र बनाएनन्, निरन्तर घाटामै गैरहेको प्राधिकरणलाई अर्बौंको नाफामा लगेका छन् ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  ३ : ४४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको